काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरिएका छन्। बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयका तर्फबाट सम्बन्धित मन्त्रीहरूले विधेयकहरू सदनमा पेस गरेका हुन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ सदनसमक्ष राखिन्। त्यसैगरी, बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।
सम्बन्धित मन्त्रीहरूले विधेयकहरू प्रस्तुत गर्नका लागि अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त अनुमति प्रस्तावमाथि कुनै पनि सांसदबाट विरोधको सूचना दर्ता नभएका कारण यी विधेयकहरूले सदनमा औपचारिक रूपमा प्रवेश पाएका छन्। अब संसदमा यी विधेयकहरूमाथि सैद्धान्तिक छलफल हुने र आवश्यक परिमार्जनको प्रक्रिया अघि बढ्नेछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar