२५ श्रावण, काठमाडाैं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस सिन्धु–काठमाडौंद्वारा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिनुभएको हो । नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिनुभयो । उहाँले मुलुकमा बढ्दै गएको निरंकुशतालाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ शक्तिको रूपमा स्थापित गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले देशभरका युवा कार्यकर्ताहरूलाई आ–आफ्नो जिल्लामा एकीकृत भएर संगठन सुदृढीकरणको अभियान अगाडि बढाउन समेत आह्वान गर्नुभयो ।
नेता बस्नेतले भन्नुभयो, ‘मरणासन्न अवस्थामा पुगेको काँग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो काँग्रेस निर्माण गर्नु आजको आवश्यकता हो । मुलुकको भविष्य हाँक्न, सबै राजनीतिक शक्तिलाई एकतावद्ध गर्दै देशलाई निकास दिन र बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न सक्षम कांग्रेस निर्माण गर्नुपर्छ । यदि २८ गतेसम्म गगन थापा जीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिनसक्छ त्यो २९ गतेबाट शुरुवात हुन्छ । काँग्रेस फुटाउन होइन, काँग्रेसलाई अझ बलियो र एकतावद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहनुभएको छ । यदि निर्धारित समयसम्म निकास निस्किएन भने पार्टीले नयाँ कार्यदिशा लिनुपर्ने अवस्था आउन सक्छ । त्यसैले देशभर चलिरहेको यस अभियानलाई आफ्नो–आफ्नो जिल्लामा युवाहरूले एकीकृत रूपमा अघि बढाउनु नै आजको कार्यक्रमको मुख्य उद्देश्य हो । ’
वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै देशलाई सही निकास दिन काँग्रेसले आन्तरिक रूपमा सशक्त भुमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar