काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्त्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीका सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताएका हुन् । अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने तर्क गर्दै उनले कांग्रेस आफैँमा एक सुन्दर र गौरवशाली इतिहास भएको पार्टी भएको दाबी गरे ।
नेपाली काँग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएको आरोपप्रति टिप्पणी गर्दै कोइरालाले अबको भविष्य युवाहरूकै भएको र उनीहरूलाई नै नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिए । काँग्रेसको ऐतिहासिक योगदानको चर्चा गर्दै नेता कोइरालाले बिपी कोइराला र कृष्णप्रसाद कोइरालाको संघर्षले नै नेपाली जनताले अधिकार प्राप्त गरेको स्मरण गराए ।
उनले भने, ‘ हामी गगन थापालाई किन गाली गर्छौँ ? गाली गर्नै पर्दैन । हैन र ? गाली गर्यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन तपाईँहरू गाली गर्नुहुन्छ ? केही भन्दै नभन्नुस् । त्यो नै सबभन्दा ठुलो अपमान हो ।’
आफूलाई पार्टीले अहिले कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी सुम्पेको उल्लेख गर्दै डा. कोइरालाले सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे । उनले पार्टीको इतिहास र सिद्धान्तलाई गहिराइ पूर्वक बुझेर अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान समेत गरे ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar