|  

सन्दीप बने एकदिवसीय टिमको कप्तान

काठमाडौँ । सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान बनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपले अगस्त ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने एसीसी प्रिमियर कपदेखि लागु हुनेगरि एकदिवसीय टिमको कप्तानी गर्ने भएका हुन् ।

साथै क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । जसमा भीम सार्की, नन्दन यादव, कुशल भिर्तेल, सोमपाल कामी लगायतका खेलाडीलाई बाहिर राखिएको छ ।

नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।