|  

बच्चाले सिटबेल्ट लगाउन नमान्दा क्यानडामा उडान रद्द

२६ श्रावण, काठमाडौं । बच्चाले सिटमा बस्न र सिटबेल्ट लगाउन नमान्दा क्यानडाको पोर्टर एयरलाइन्सको उडान रद्द भएको छ ।

गत बिहीबार अभिभावक र चालक दलका सदस्यहरूले बच्चालाई सिटमा सुरक्षित रूपमा राख्न पटकपटक प्रयास गरे पनि सफल हुन सकेनन् ।

त्यसपछि ब्रिटिस कोलोम्बियास्थित भिक्टोरिया इन्टरनेसनल विमानस्थलको टर्मिनलमा फर्काएर अभिभावक र बच्चालाई जहाजबाट हटाइएको  हो ।

यसबीच रातिको साढे १२ बजे धावनमार्ग बन्द हुने समय भएर उडान रद्द भएको थियो।उक्त जहाज टोरोन्टोको पियरसन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो।