|  

रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्न लागेको भन्दै प्रचण्डले गरे सरकारको प्रशंसा

२६ श्रावण, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनःसञ्चालन गर्ने सरकारको तयारीको प्रशंसा गरेका छन्।

प्रचण्डले उद्योग सञ्चालनमा आए कपडा आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

आफू प्रधानमन्त्री हुँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको उल्लेख गर्दै उनले आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना पुनःसञ्चालन गर्ने विषय अघि बढाइएको स्मरण गरेका छन्।

गत शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाहले सरकारी उद्योगहरूमा सुधार आउँदै गरेको बताएका थिए ।