|  

अब १ तोला सुन किन्न ३ लाख ७ हजार ९ सय रुपैयाँमा  खर्चिनुपर्ने

२६ श्रावण, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सनु तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ११० रुपैयाँ बढेर प्रतितोला  ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।