|  

निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीयः प्रहरी महानिरीक्षक कार्की

२६ श्रावण, काठमाडाैं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय सवारी साधन र वातावरणमैत्री मोबिलिटी (गतिशीलता) का क्षेत्रमा निजी क्षेत्रले देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभएको छ ।

मंगलवार ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको यो प्रयासले दिगो तथा सुरक्षित सहरी यातायातको लक्ष्य हासिल गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल जस्तो इन्धन खपत कम गर्नुपर्ने मुलुकका लागि विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले नेपाल प्रहरीले पनि पछिल्लो समय वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले विद्युतीय सवारीको प्रयोगलाई क्रमशः विस्तार गर्दै लगेको जानकारी दिनुभयो । महानिरीक्षक कार्कीले मुलुकको सडक सुरक्षाको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रश्तुत गर्नुभएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ (स्रोतमा उल्लेखित ८२/८३ लाई पछिल्लो तथ्यांकको रूपमा लिँदा) मा नेपालभर २९ हजार ९ सय ८८ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो । नेपालमा औसत प्रतिदिन ८२ वटा सडक दुर्घटना हुने गरेका छन् । जसमा दैनिक १ सय ३० जना घाइते र औसत ७ जनाको मृत्यु हुने गरेको छ । उहाँकाअनुसार पछिल्लो एक वर्षमा मात्रै २ हजार ७ सय ७ जना नागरिकले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने ४७ हजार ५ सय ५३ जना घाइते भएका छन् । यो तथ्यांक अत्यन्तै मर्माहत तुल्याउने खालको रहेको उहाँले बताउनु भयो ।उहाँले भन्नुभयो, ‘विद्युतीय तथा वातावरणमैत्री सवारीतर्फ निजी क्षेत्रको बढ्दो अग्रसरता प्रशंसनीय छ । यसले दिगो, सुरक्षित र वातावरणमैत्री सहरी यातायात विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ । नेपाल प्रहरीले पनि पछिल्ला वर्षहरूमा विद्युतीय सवारीको प्रयोग बढाउँदै वातावरण संरक्षणमा योगदान दिँदै आएको छ । तर मोबिलिटीको कुरा गर्दा सडक सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो । आर्थिक वर्ष २०८२/८३ मा नेपालभर करिव २९ हजार ९ सय ८८ सडक दुर्घटना भएका छन्, जुन अघिल्लो वर्षभन्दा ४.३२ प्रतिशत बढी हो ।  दैनिक औसत ८२ दुर्घटना, १३० जना घाइते र ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । यस वर्ष मात्रै २ हजार ७ सय ७ जनाले ज्यान गुमाएका र ४७ हजार ५ सय ५३ जना घाइते भएका छन् । यो अत्यन्त गम्भीर अवस्था हो । त्यसैले मोबिलिटी भनेको सवारीको आवागमन मात्र होइन, आर्थिक, सामाजिक र समग्र जीवनलाई चलायमान बनाउने माध्यम हो । पूँजी, व्यवसाय, उपभोग र रोजगारीको चक्र चलिरहँदा मात्र अर्थतन्त्र चलायमान हुन्छ । मानिसदेखि अर्थतन्त्रसम्म निरन्तर गतिशीलता आवश्यक छ । त्यसैले अबको मोबिलिटी दिगो, वातावरणमैत्री मात्र होइन, सुरक्षित पनि हुनुपर्छ । सडक दुर्घटना न्युनिकरण र सुरक्षित यातायातलाई हामी सबैले समान प्राथमिकता दिन आवश्यक छ ।’

महानिरीक्षक कार्कीले ‘मोबिलिटी’ को बहुआयामिक महत्वमाथि प्रकाश पार्दै यसलाई आर्थिक, सामाजिक र भौतिक विकासको कडीका रूपमा चित्रण गर्नुभयो । पुँजीको चलायमानताले अर्थतन्त्रलाई बलियो बनाउने र मानवीय जीवनमा पनि गतिशीलता उत्तिकै महत्वपूर्ण हुने उहाँको तर्क छ । उहाँले सुरक्षित मोबिलिटीका लागि राज्य, निजी क्षेत्र र नागरिक सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल