२६ श्रावण, काठमाडौं । अर्थ सचिव डा. घनश्याम उपाध्यायले गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्थ मन्त्रालयअन्तर्गतका राजस्व तथा सरकारी कागजातमा कुनै क्षति नभएको स्पष्ट पारेका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा उनले आन्दोलनका बेला पनि सरकारी आम्दानी र खर्चसँग सम्बन्धित सबै प्रणाली नियमित रूपमा सञ्चालनमा रहेको जानकारी दिए। उपाध्यायका अनुसार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहेका कागजातसमेत सुरक्षित छन्। आन्दोलनका क्रममा ती कार्यालयका स्रेस्ता तथा अभिलेख नष्ट नभएको उनले समितिलाई बताए। आन्तरिक लेखा परीक्षण भइसकेका कारण आवश्यक परे धेरैजसो स्रेस्ता पुनः प्राप्त गर्न सकिने अवस्था रहेको पनि अर्थसचिव उपाध्यायले जानकारी दिए।
यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले भने आन्दोलनका क्रममा सरकारी कागजात जलेको र त्यसका कारण लेखापरीक्षण प्रभावित भएको विषयमा सरकारको स्पष्ट धारणा आवश्यक रहेको बताएका थिए। पुनले भदौ २३ र २४ गतेको घटना प्राकृतिक विपत्ति वा दुर्घटना नभएकाले विद्यमान कानुनी व्यवस्थाले मात्रै कागजात नष्ट भएको विषयलाई सम्बोधन गर्न कठिन हुने बताएका थिए। उनले घटनाबारे छुट्टै छानबिन आवश्यक भए आयोग गठन गरेर त्यसको सिफारिसका आधारमा निर्णय लिनुपर्ने धारणा राखेका थिए। तर अर्थसचिव उपाध्यायको भनाइले अर्थ मन्त्रालय तथा मातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयका कागजात र वित्तीय प्रणालीमा आन्दोलनका कारण क्षति नपुगेको देखाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar