२६ श्रावण, काठमाडाैं । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउनुभएको हो । सांसद स्वाँरले प्रधानमन्त्रीले नै ‘नेपालले भारतको जग्गा मिचेको’ भनी दिएको भनिएको अभिव्यक्तिको विरोध गर्दै यसले राष्ट्रको स्वाभिमानमा चोट पु¥याएको उल्लेख गर्नुभयो । भारतले लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभाग अतिक्रमण गरेको तथ्य जगजाहेर हुँदाहुँदै पनि प्रधानमन्त्री मूकदर्शक बनेको र उल्टै विवादास्पद अभिव्यक्ति दिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । साथै, नयाँ जारी गरिएको चुच्चे नक्शा एक रुपैयाँको सिक्कामा नराखिएको विषयमा पनि उहाँले सरकारको नियतमाथि प्रश्न उठाउनु भयो । भ्रष्टाचारका सन्दर्भमा बोल्दै सांसद स्वाँरले सबै राजनीतिक दलका नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिनुभयो । उहाँले विभिन्न समयमा गठित छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नगरेर सरकारले दोषीलाई संरक्षण गरिरहेको आरोप समेत लगाउनु भयो ।
सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै उहाँले भन्नुभयो, ‘सभामुखले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्री सदनमा आएर जवाफ दिन तयार हुनुहुन्न । उहाँ कुन बाध्यताका कारण पन्छिरहनुभएको छ ? मैले व्यक्तिगत स्वार्थका लागि होइन, सुदूरपश्चिमका जनताका समस्या राख्न समय मागेको थिएँ । जनप्रतिनिधिलाई समय नदिनु समग्र सुदूरपश्चिमका जनतामाथिको अपमान हो ।’
मुलुकको आर्थिक र प्रशासनिक अवस्थाबारे चर्चा गर्दै उहाँले विद्युत महशुलमा लगाइएको भ्याट, राहदानी र सवारी चालक अनुमति पत्र लिन जनताले भोग्नुपरेको सास्ती, र स्वास्थ्य बीमा प्रभावकारी नभएको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले प्रधानमन्त्रीका कतिपय दाबीहरूको खण्डन गरेको उल्लेख गर्दै उहाँले सरकारका तथ्याङ्क र वास्तविकतामा ठूलो खाडल रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar