|  

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोपमा कन्सल्टेन्सीका सीईओ पक्राउ

२६ श्रावण, काठमाडौं । जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्स्बी इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ)पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन् । उनलाई सोमबार बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

बुढाथोकीमाथि ग्याट्स्बी इन्टरनेशनल नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ।