|  

सभामुखले प्रधानमन्त्रीलाई भनेः कम्तीमा एकपटक संसदमा आइदिनुस्

२६ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।

भेटमा संघीय संसदको चालू अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। सभामुख अर्यालले संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई आग्रह गरेका थिए ।

स्रोतका अनुसार सभामुखले ‘संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको’ भन्दै कम्तीमा एकपटक सदनमा उपस्थित भएर जवाफ दिन आग्रह गरे पनि प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको बताइएको छ।