२६ श्रावण, काठमाडाैं । काठमाडौं उपत्यकामा आज पौराणिक कालदेखि चलिआएको गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी पर्व धार्मिक विधिपूर्वक मनाइएको छ ।
यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा विशेष चहलपहल देखिएको थियो । आजको दिन विशेष गरी नकारात्मक शक्ति वा प्रेतात्माको प्रभावबाट बच्नका लागि फलामको औँठी लगाउने प्राचीन परम्परा रहेको छ । यसै विश्वासका साथ सर्वसाधारणहरू फलामको औँठी खरिद गरी लगाउने गर्दछन् ।
साथै, महिलाहरूले आजको दिनलाई विशेष पर्वको रूपमा लिँदै हातमा मेहेन्दी लगाउने प्रचलन समेत रहेको छ । यस पर्वको मुख्य आकर्षणका रूपमा नर्कटबाट बनाइएको प्रतीकात्मक खट (घण्टाकर्णको आकृति) रहेको छ । नर्कटलाई बाँधेर त्रिकोणात्मक स्वरूप दिई तयार पारिएको उक्त खटलाई साँझपख टोलटोलमा घुमाउने गरिन्छ । समाजबाट रोगव्याधि, अनिष्ट र नकारात्मक तत्वहरू पन्छाउने उद्देश्यले ‘लुतो फाल्ने’ र भूत मन्छाउने प्रक्रिया सम्पन्न गरिन्छ । साँझको समयमा मानिसहरूले हाउभाउ र विभिन्न नाराहरू लगाउँदै उक्त नर्कटको खटलाई शहर वा गाउँभन्दा बाहिर लगेर विसर्जन गर्ने गर्दछन्, जसलाई स्थानीय भाषामा ‘भूत पन्छाउने’ कार्यका रूपमा बुझिन्छ ।






Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar