२६ श्रावण, काठमाडाैं । नेपाली काँग्रेसकी सांसद शाहजान खातुनले स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्य क्षेत्रका विद्यमान समस्या समाधान गर्न सरकारकको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खातुनले स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यवहार गर्नेलाई ‘जेल विदाउट बेल’ (धरौटीबिनाको जेल) को कानूनी व्यवस्था गर्न माग गरेका हुन् । सदनलाई सम्बोधन गर्दै सांसद खातुनले कोभिड-१९ को कठिन समयमा स्वास्थ्यकर्मीले खेलेको जोखिमपूर्ण भूमिकाको स्मरण गरे । सांसद खातुनले कालिकोटको पलाता अस्पतालदेखि वीरगन्जको नारायणी अस्पतालसम्म स्वास्थ्यकर्मीहरूले असुरक्षित वातावरणमा काम गर्नुपरेको उल्लेख गरे । न्युन पारिश्रमिक, अत्यधिक कार्यबोझ, र सेवा सुविधाको अभावका बीच पनि सेवामा खटिएका चिकित्सक तथा नर्सहरूमाथि अस्पतालभित्रै हुने धम्की र हातपातका घटनाले उनीहरूको मनोबल गिरेको उनको तर्क छ । उनले भने,‘कोभिडको समयमा जब आफन्तले आफन्तको साथ छोडेका थिए, तब स्वास्थ्यकर्मीले नै आफ्नो ज्यान जोखिममा राखेर बिरामीको सेवा गरे । त्यतिबेला ‘फ्रन्टलाइन हिरो’ भन्दै ताली बजाइएका स्वास्थ्यकर्मी आज आफ्नै कार्यक्षेत्रमा असुरक्षित हुनु दुःखद् छ । एउटा चिकित्सक बन्न वर्षौंको मेहनत र करोडौँ खर्च लाग्छ । तर आज दक्ष जनशक्ति देशमै बसेर सेवा गर्ने वातावरण नपाउँदा विदेशिन बाध्य छन् । मेडिकल कलेजका मेरुदण्ड मानिने इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूको स्टाइपेन्ड र समयको सुनिश्चितता हुन सकेको छैन ।’
उनले स्वास्थ्यकर्मीको तलब, जोखिम भत्ता, बिमा र सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नु भनेको समग्र नागरिकको स्वास्थ्य प्रणालीलाई सुरक्षित राख्नु भएको उनको भनाइ छ ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar