|  

कोलोम्बिया भूकम्प अपडेटः मृतकको संख्या २५० नाघ्यो

२७ श्रावण, काठमाडौं । पश्चिम कोलोम्बियाको कफी उत्पादन गर्ने मध्य भागलाई केन्द्रविन्दु बनाएर गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या कम्तीमा २५० पुगेको छ ।

यो शताब्दीमै कोलोम्बियामा गएको सबैभन्दा ठूलो र विनाशकारी भूकम्प मानिएको छ । बुधबार बिहानसम्म प्राप्त विभिन्न रिपोर्टहरूअनुसार भूकम्पबाट ज्यान गुमाउनेको संख्या २५४ पुगेको रोयटर्सले जनाएको छ ।

प्रभावित क्षेत्रहरूमा उद्धारकर्मीहरू भग्नावशेष पन्छाउँदै अझै पनि जीवितै रहेकाहरूको खोजीमा जुटेका छन् ।

भूकम्पले अपार्टमेन्ट ब्लकहरू, घरहरू, विद्यालयहरू र स्वास्थ्य केन्द्रहरूलाई चिरा पार्दै पूर्ण वा आंशिक रूपमा ध्वस्त बनाएको छ।