|  

रोनाल्डोले प्रेमिका जर्जिनासँग गरे विवाह

२७ श्रावण, काठमाडौं । पोर्चुगलका विश्वचर्चित स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् ।

उनीहरूले करिब एक दशकदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । रोनाल्डो र जर्जिनाले मंगलबार पोर्चुगलमा सिभिल म्यारिज अर्थात् कानुनी रूपमा विवाह दर्ता गरेका हुन् ।

दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहका औँठी देखाउँदै तस्बिरसमेत सार्वजनिक गरेका छन्।

रोनाल्डो र जर्जिना सन् २०१६ मा स्पेनको म्याड्रिडमा पहिलोपटक देखिएका थिए । त्यसयता उनीहरू निरन्तर प्रेम सम्बन्धमा थिए।