|  

विमान परिवर्तन गरेकोबारे ट्रम्पले भने,म सीक्रेट सर्भिस र सेनाले जे भन्छन्, त्यही पालना गर्छु

२७ श्रावण, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको राजधानी अंकाराबाट प्रस्थान गर्ने क्रममा सुरक्षा खतराका कारण आफ्नो आधिकारिक विमान ‘एयर फोर्स वान’परिवर्तन गर्नुपरेको खुलासा गरेका छन् ।

ट्रम्पले सीक्रेट सर्भिसको सल्लाहमा आफू एयर फोर्स वान छोडेर अर्को सैन्य विमानमार्फत स्वदेश फर्किएको जानकारी दिए। ट्रम्प जुलाईमा टर्कीमा आयोजित दुई दिने नेटो शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका थिए।

‘म सीक्रेट सर्भिस र सेनाले जे भन्छन्, त्यही पालना गर्छु। उनीहरूले मलाई अर्कै उडान र अर्कै विमानबाट जान आग्रह गरे,’ट्रम्पले भने। उनले सुरक्षा खतराको प्रकृति वा स्रोतबारे विस्तृत जानकारी नदिए पनि सम्भावित जोखिमका कारण विमान बदल्नुपरेको बताए। उनले थपे, ‘मलाई लाग्छ त्यहाँ कुनै खतरा थियो। मैले यसबारे धेरै सोधखोज गरिन।’