|  

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको आकाशमै इन्जिन फेलभएपछि.......

२७ श्रावण, काठमाडौं । भारतको कोलकाताबाट चेन्नई जाँदै गरेको इन्डिगोको एउटा विमानमा मंगलबार राति अवतरण गर्नुअघि नै बायाँतर्फको इन्जिन फेल भएपछि हंगामा मच्चिएको छ ।

घटनापछि चेन्नई विमानस्थलमा तत्काल ‘फुल इमर्जेन्सी’ घोषणा गरिएको थियो । तर पाइलटको सुझबुझका कारण विमान सुरक्षित रूपमा अवतरण गराउन सफल भयो र विमानमा सवार सबै २२४ जना सुरक्षित रहे ।मंगलबार राति इन्डिगोको उडान नम्बर ६ भ्–७२३ कोलकाताबाट चेन्नईतर्फ आउँदै थियो ।

विमानमा कुल २२४ जना सवार थिए । विमान राति ११ः३० बजे चेन्नई पुग्ने निर्धारित समय थियो । तर पाइलटले अवतरणको तयारी गरिरहेका बेला विमानको बायाँ इन्जिनले काम गर्न छाडेको जानकारी पाए ।इन्जिन फेल भएको थाहा पाए लगत्तै पाइलटले कुनै ढिलाइ नगरी एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराए ।

अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै विमानस्थल प्राधिकरणले राति ११ः२९ बजे ‘फुल इमर्जेन्सी’ घोषणा गर्‍यो । विमानलाई सुरक्षित अवतरण गराउन विमानस्थलका आपतकालीन उद्धार टोली तथा सबै सुरक्षा संयन्त्र तत्काल सक्रिय पारिएको थियो ।