|  

गालीगलौज गरेको आरोपमा रास्वपा कार्यकर्ता नियन्त्रणमा

२७ श्रावण, काठमाडौं । फोन र सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गरुडाका स्थानीय रास्वपा नेता रवीन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फोन र सामाजिक सञ्जालमार्फत स्थानीय सागर यादवलाई लक्षित गरी आपत्तिजनक र अभद्र शब्द प्रयोग गरेको उजुरीका आधारमा यादवलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो ।

यादव दिनहुँ फेसबुक लाइभमा बस्थे । त्यसक्रममा उनले गरेको गालीगलौज सामाजिक सञ्जालमा छाएको थियो ।

उक्त अडियोमा सागर परिवारका सदस्यलाई पिटेर, टाँगेर ल्याउने र गोली ठोक्नेसम्मको नकारात्मक अभिव्यक्ति यादवले व्यक्त गरेका छन् ।