|  

धनुषा अदालत अगाडि मिटरब्याजपीडित महिलाले गरिन् आ#त्मदाह प्रयास 

२७ श्रावण, काठमाडौं । धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि प्रहरीकै अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएकी हुन् ।

मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका थिए ।

सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गरेकी हुन् ।