|  

इन्डोनेसियामा डुङ्गामा आगलागी, ११२ जनाको उद्धार

२७ श्रावण, काठमाडौं ।  इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तस्थित लोम्बोक टापुको समुद्री क्षेत्रमा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा ११२ जनाको उद्धार गरिएको छ।

‘पुत्री यास्मिन’ नामक डुङ्गामा आगलागी भएपछि नजिकैका डुङ्गा, खोज तथा उद्धार एजेन्सी र नौसेनाको जहाजले यात्रु तथा चालक दलका सदस्यको उद्धार गरेका हुन्।

डुङ्गामा ११४ यात्रु र १७ चालक दलका सदस्य गरी १३१ जना सवार थिए। हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन।