|  

रास्वपाले सांसदहरूलाई तीन दिने क्लोज क्याम्प

२७ श्रावण, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई तीनदिने प्रशिक्षण दिने भएको छ ।

पार्टीले साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीमा सांसदहरूका लागि आवाससहितको ‘क्लोज क्याम्प’ प्रशिक्षण आयोजना गर्न लागेको हो। 

प्रशिक्षणमा सांसदहरूको संसदीय भूमिका तथा कामकारबाहीसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइने जनाइएको छ।