|  

नाइमा अटो एक्स्पोमा ग्लोवल आइएमई बैंकको सहुलियतपूर्ण अटो लोन योजनाः ५.२५ प्रतिशत शुरुवाती ब्याजदर

२८ श्रावण, काठमाडाैं । ग्लोवल आइएमई बैंक लिमिटेडले काठमाडौंमा जारी नाइमा अटो एक्स्पोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट दिइरहेको छ । 

नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदर (बेस रेट)मा न्युनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मञ्जिल विष्टले बताउनु भयो । उहाँकाअनुसार बैंकको हालको आधारदरमा न्युनतम ब्याजदर ५.२५ प्रतिशत कायम भइरहेको बताउँदै बैंकको आधारदरमा घटबढ भएअनुसार कर्जाको ब्याजदर समेत स्वतः समायोजना हुने बताउनु भयो । उहाँले ग्राहकको लागि गाडी खरिद प्रक्रियालाई सहज बनाउन तथा आवश्यक सहयोग गर्नको लागि बैंकले नाइमा अटो एक्स्पोमै आफ्नो स्टल राखी प्रक्रिया अगाडि बढाइरहेको बताउनु भयो । उक्त स्टलबाटै ग्राहकले कर्जाको आवेदन दिन मिल्ने तथा कर्जा प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । विष्टले उक्त अफरबारे देशका ७७ वटै जिल्लाका ३ सय ४१ वटै बैंकका शाखाबाट समेत सेवा दिइरहेको बताउनु भयो । उहाँले ग्राहकले आफूले पाउने कर्जाको सीमाका आधारमा सबै कागजहरु तयार गरेर आवेदन दिएको तीन दिनमै कर्जा स्वीकृत हुने समेत बताउनु भयो । उहाँले एक्स्पोमा रहेको बैंकको स्टल भिजिट गर्न समेत सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ हामीले बैंकको हिसाबले कर्जाको न्यूनतम ब्याजदर ५ दशमलव २५ प्रतिशत कायम गरेका छौँ । हाम्रो ४ दशमलव ७५ ब्याजदरको बेस रेटमा ० दशमलव ५५ प्रतिशत प्रिमियमबाट हामीले ग्राहकहरूको सहजताको लागि प्राइसिङ स्टार्ट गरेका छौँ । ग्राहकको आवेदन लिने, कर्जा प्रक्रियालाई सजिलो बनाउनको लागि हामी डिजिटाइजेसनमा पनि एकदमै वर्क गरेका छौँ । ग्राहकले आवेदन दिनेदेखि आफ्नो कति लिमिटको एलिजिबल  हुन्छु भन्ने कुराहरु समेत सबै हामीले यतै बाट गरिरहेका छौँ । र यो अफर देशभरिका हाम्रा सम्पूर्ण शाखाहरूबाट उपलब्ध छ । हाम्रो ७७ वटै जिल्लाका ३४१ वटै शाखाबाट हामीले यो सेवाहरू दिइरहेका छौँ । ग्राहकका लागि बैंकले गर्नुपर्ने काम तथा वित्तीय व्यवस्थापन सहज होस् भन्ने कुरामा हामी एकदमै प्रतिबद्ध छौँ । तपाईंहरू यदि नाडा मोबिलिटी एक्स्पो भिजिट गर्नुभएको छैन भने पनि आउनुहोस् ।  एज अ लेन्डर मात्र हामी भएनौँ, तपाईंले गाडी हेर्ने, आफ्नो गाडीको रिक्वायरमेन्ट बुझ्ने सबै कुरामा हामी सघाउनेछौँ ।’

गाडीको कुम्भ मेलाको रुपमा पनि समेत चर्चित नाइमा मोबिलिटी एक्स्पो २०२६ मंगलवारदेखि जारी छ । एक्स्पोमा ५१ वटा स्टलमा ५५ भन्दा बढी ब्राण्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन राखिएका छन् । –न्युज एजेन्सी नेपाल