|  

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

२८ श्रावण, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले म्याद थपको आदेश दिएको हो। श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनी जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। प्रहरीका अनुसार श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। आजको सुनुवाइमा उनको थुनामुक्तिको माग गर्दै नेपाल बारका अध्यक्ष डा. विजय मिश्रसहित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले बहस गरेका थिए।