२९ श्रावण, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नयाँ कप्तानको नेतृत्वसँगै नेपाली क्रिकेटमा एक नयाँ युगको शुरुवात भएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक लले टोलीको भविष्यप्रति आफू उत्साहित रहेको र मलेसिया भ्रमणका लागि तयारी राम्रो भएको जानकारी दिनुभयो । आगामी मलेसिया भ्रमणको चर्चा गर्दै प्रशिक्षक लले त्यहाँको पिच स्पिनमैत्री हुनसक्ने र नेपाली टोलीमा युवा तथा अनुभवी खेलाडीको उत्कृष्ट सन्तुलन रहेकाले त्यसको फाइदा पुग्ने विश्वास व्यक्त गर्जुभयो । उहाँले कप्तान सन्दीप लामिछानेसँगको सहकार्यमा एक शक्तिशाली टोली मैदानमा उतार्ने लक्ष्य रहेको बताउनु भयो । नेदरल्याण्ड्स भ्रमणको समीक्षा गर्दै प्रशिक्षक लले त्यहाँको नतिजा अपेक्षाअनुसार नभए पनि त्यसबाट पाठ सिकेको बताउनु भयो । उहाँले खेलमा टसको भुमिका र दबाबका बीच सही निर्णय लिन नसक्दा हार व्यहोर्नुपरेको तथ्य स्वीकार गरे । नेपाली टोलीको हालैको प्रदर्शन र नेतृत्व परिवर्तनबारे बोल्दै उहाँले भन्नुभयो, ‘परिवर्तनले सधैं नयाँ युगको सङ्केत गर्छ । नयाँ कप्तान र ऊर्जावान् खेलाडीहरूको समूहका साथ हामी यो सुरुवातलाई उत्कृष्ट बनाउन चाहन्छौं । नेतृत्वमा आउने नयाँ अनुहारले फरक सोच, फरक शैली र नयाँ अपेक्षा लिएर आउँछ, जसले मैदानमा मनोरञ्जनात्मक र गुणस्तरीय क्रिकेट प्रदर्शन गर्न मद्दत पुग्नेछ । व्यावसायिक खेलमा हार र जित स्वाभाविक प्रक्रिया हुन् । नेदरल्याण्ड्स जानुअघि घरेलु मैदानमा आठमध्ये छ खेल जित्दा कुनै चर्चा भएन, तर चार खेल हार्नेबित्तिकै आलोचना सुरु भयो । हामीले आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ ।’
एकदिवसीय (५० ओभर) क्रिकेटको गाम्भीर्यताबारे चर्चा गर्दै प्रशिक्षक लले यसलाई ‘धैर्यको खेल’ का रूपमा व्याख्या गर्नुभयो । उहाँकाअनुसार ५० ओभरको खेलमा टेस्ट क्रिकेटको जस्तो धैर्य र अन्तिम ओभरहरूमा टी–२० जस्तो आक्रामकताको आवश्यकता पर्छ । उहाँले खेलाडीहरूलाई मैदानमा ‘इन्टेलिजेन्ट’ र ‘एग्रेसिभ’ भएर खेल्न सल्लाह दिनुभयो । कप्तान सन्दीप लामिछानेको क्षमतामाथि पूर्ण विश्वास व्यक्त गर्दै प्रशिक्षक लले उनलाई राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारीले थप निखार्ने बताउनु भयो । मलेसिया भ्रमणका साथै नेपाली टोली डार्विनमा टी–२० शैलीको तयारीमा समेत सहभागी हुने कार्यक्रम रहेको छ । यसरी फरक–फरक स्थानमा हुने तयारीले बलियो राष्ट्रिय टोली निर्माणमा सहयोग पुग्ने विश्वास प्रशिक्षक लको रहेको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar