|  

कांग्रेसको काँधमा जनतामा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी आएको छः देउवा

३० श्रावण, काठमाडौं ।  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले जनताका दैनिकी समस्या समाधान गर्दै उनीहरूमा आशा जगाउनुपर्ने बताएका छन् ।

कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले जनतामा देखिएको निराशालाई आशामा बदल्न कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।

मुलुकको अवस्था संवेदनशील रहेको भन्दै देउवाले सबै पक्ष सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपालको लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा सफल भएको उल्लेख गर्दै उनले त्यस क्रममा अग्रजहरूले गरेको संघर्ष र योगदानलाई बिर्सन नहुने बताए ।