|  

इरानलाई हराएपछि हर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्छुः डोनाल्ड ट्रम्प

३० श्रावण, काठमाडौं । इरानसँग बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजलाई चाँडै अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिएका छन् ।

इरानलाई युद्ध अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले कडा आर्थिक कदम चाल्ने तयारी गरिरहेका बेला ट्रम्पले इरानलाई पराजित गरेपछि अमेरिकाले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गरेका हुन्

शुक्रबार न्युयोर्कमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘इरानलाई हराएपछि..म हर्मुज जलडमरूमध्यलाई अमेरिकाको क्षेत्र घोषणा गर्नेछु।’यसअघि पनि ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका थिए।