|  

देउवालाई निवर्तमान र पूर्वसभापति नभन्नुहोलाः निधि

३० श्रावण, काठमाडौं ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शेरबहादुर देउवा आजको दिनमा पनि कांग्रेस सभापति रहेको उल्लेख गर्दै निवर्तमान वा पूर्वसभापति नभन्न आग्रह गरेका छन्।

‘आजको दिनमा सभापति शेरबहादुर देउवा नै हो भन्ने सन्देश लिएर जानुस्, अरू कोही होइन,’ उनले भने,

‘देउवालाई निवर्तमान र पूर्वसभापति नभन्नुहोला। देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ। चोइटिएर जानुभएकाहरू यसैमा सहभागी हुनुपर्छ।’