|  

धम्क्याएको भरमा, तर्साएको भरमा निर्वाचन आयोगले हामीलाई हरायोःपूर्णबहादुर खड्का

३० श्रावण, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले दबाब र धम्कीका कारण आफूहरूलाई पराजित गरेको आरोप लगाएका छन्।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आयोगले पुराना नजिर, कानुनी प्रक्रिया र अभ्यासलाई बेवास्ता गर्दै गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको खड्काको दाबी छ।

इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आयोगको निर्णय स्वीकार गरे पनि त्यसविरुद्ध न्यायिक उपचारमा जाने बाटो खुला रहेको बताए। सर्वोच्च अदालतले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएकाले अदालतबाट न्याय पाउने विश्वास रहेको उनको भनाइ छ।

‘धम्क्याएको भरमा, तर्साएको भरमा निर्वाचन आयोगले हामीलाई हरायो,’ खड्काले भने, ‘निर्वाचन आयोगले पुराना नजिर र प्रक्रियालाई मिचेर अवैधानिक समितिलाई मान्यता दिएको छ। त्यस विषयमा सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ।’