|  

बाँदरले आतंकित बनाएको भन्दै काठमाडौँवासीले गुहारे महानगर

३० श्रावण, काठमाडौं । स्वयम्भू क्षेत्रका स्थानीयले बाँदरको आतंक बढेको भन्दै काठमाडौं महानगरपालिकासँग व्यवस्थापनका लागि पहल गर्न माग गरेका छन्।

शनिबार महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलसँग भेट गर्दै स्थानीयले हुलका हुल बाँदर घरभित्र पस्ने र सामानमा क्षति पुर्‍याउने गरेको गुनासो गरेका हुन्।

भेटमा हुलका हुल बाँदर घरभित्र छिर्ने गरेको, एक पटक घरमा छिरे भने ५ देखि १० हजार रुपियाँसम्मको क्षेति गर्ने गरेको र घरबाट फलफुलको बास्ना आयो भने झन उग्र हुने गरेको स्थानीयले गुनासो गरेका थिए।

कार्यवाहक प्रमुख डंगोलले बाँदरहरुको व्यवस्थापनका लागि तत्काल गर्न सकिने काम वन्यजन्तु विज्ञ र सरोकारवालाका बिचमा छलफल गरेर गरिने आश्वसन दिएकी थिइन्।