|  

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ग्यास वितरण सुरु, सर्वसाधारण लाइनमा

३० श्रावण, काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ ।

ग्यास लिन बिहानैदेखि सर्वसाधारण सिलिन्डरसहित लाइनमा बसेका छन् । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत ग्यास बिक्री गरिरहेको हो।

उपभोक्ताले ग्यास खरिद गर्न अनिवार्य रूपमा परिचयपत्र साथमा लैजानुपर्नेछ।