|  

कोलम्बियामा भूकम्पमा परी मृ#त्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

३० श्रावण, काठमाडौं ।  गत सोमबार गएको विनाशकारी भूकम्पमा परी कोलम्बियामा मृत्यु हुनेको संख्या २८७ पुगेको छ भने करिब ४०० जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार काली र पेरेरा सहरमा मात्रै दुई तिहाइभन्दा बढी मानिसको मृत्यु भएको छ।

भूकम्पका कारण पश्चिमी कोलम्बियामा हजारौँ घर, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

विपत्तिपछि हजारौँ परिवार विस्थापित भएर अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।