|  

एमाले अध्यक्ष ओली झापामा, विमानस्थलमा स्वागत गर्नेको भीड

३० श्रावण, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो गृहजिल्ला झापा पुगेका छन् ।

विमानमार्फत झापा पुगेका ओलीलाई भद्रपुर विमानस्थलमा ठूलो संख्यामा एमाले नेता–कार्यकर्ताले स्वागत गरेका छन्।

झापा बसाइका क्रममा ओलीले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।