३० श्रावण, काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्युत उत्पादनसँगै व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन अपरिहार्य रहेको बताएका छन् ।
इप्पानको आयोजनामा भएको फ्राईडे फोरममा उहाँले नेपालमा विद्युत उत्पादन र प्रशारण पूर्वाधार निर्माणमा निजी क्षेत्र सक्षम भइसकेकोले अब विद्युत व्यापारमा प्रवेश दिनुपर्ने बताएका हुन् । नेपालमा नीजी क्षेत्रले विद्युत उत्पादन, प्रशारण लाईन निर्माणमा सक्षम रहेको प्रमाणित गरिसकेको उनले बताए । अध्यक्ष डाँगीले भारतमा निजी क्षेत्रका दर्जनौं कम्पनी विद्युत व्यापारमा सक्रिय रहेको उदाहरण दिँदै नेपालमा पनि निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिनुपर्ने बताए । नेपालमा उत्पादन हुने विद्युतको बजार विस्तार सरकारले मात्रै गर्न नसक्ने उनको भनाई छ । विद्युत व्यापारका लागि आवेदन दिएका कम्पनीलाई यथाशीघ्र अनुमति प्रदान गर्न उनले सरकारसंग माग गरे ।
उनकाअनुसार उर्जा क्षेत्रमा प्रवेश भएको २५ वर्षमा नै निजी क्षेत्रको विद्युत उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको छ । हाल करिव ६ हजार २०० मेगावाटका आयोजना निर्माणाधीन रहेको उनले जानकारी दिए । २ हजार २०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको चरणमा रहेको र करिब १६ हजार १४० मेगावाटका आयोजना विद्युत खरिद सम्झौता (पीपीए) को प्रक्रियामा रहेका उनले बताए । निर्माणाधीन तथा विभिन्न चरणमा रहेका आयोजनालाई समयमै अघि बढाउन सकेमा सरकारले लिएको आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न सकिने उनको भनाई छ । तर उत्पादन बढाउनको लागी आन्तरिक विद्युत खपत वृद्धि र निर्यात बजार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष डाँगीले निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा समेत आफ्नो क्षमता प्रमाणित गरिसकेको दाबी गरे । नेपाल विद्युत प्राधिकरणका ठेकेदारले समयमा निर्माण गर्न नसकेको तनहुँको मार्कीचोकदेखि चितवनको भरतपुरसम्मको २२० केभी प्रशारण लाइन निजी क्षेत्रको नेतृत्वमा निर्माण सम्पन्न भएको उनको भनाई छ । उनकाअनुसार हाल नेपालबाट भारततर्फ १३२/३३ केभीका विभिन्न प्रशारण लाइनमार्फत करिब ७०० मेगावाट तथा ढल्केबर-मुजफ्फरपुर प्रशारण लाइनमार्फत १ हजार २०० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने अवस्था छ । सन् २०२७/२८ सम्म ढल्केबर-सीतामढी, न्यू बुटवल-गोरखपुर, इनरुवा-पूर्णिया र लम्की-बरेली प्रशारण लाइन निर्माण सम्पन्न भएमा थप ८ हजार ८०० मेगावाट विद्युत निर्यात गर्न सकिने सम्भावना रहेको उहाँले बताउनु भयो ।
त्यस्तै, रातमाटे-रसुवागढी-केरुङ प्रसारण लाइनमार्फत चीनतर्फ करिब २ हजार ५०० मेगावाट विद्युत निर्यात गर्ने सम्भावना रहेको उनको भनाई छ । यसका लागि विद्युत उत्पादन र प्रशारण लाइनको विकासलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने,‘नेपाल सरकारले जलविद्युत विकास नीति २०४९, विद्युत ऐन २०४९ र विद्युत नियमावली २०५० को व्यवस्था गरी उर्जा क्षेत्रमा निजी लगानी विधिवत रुपमा प्रवेश पाएको वि.सं. २०५५ सालमा पिपिए को दर तोकिएपछि हो । त्यसपछिका २५-२६ वर्षमा विद्युत उत्पादनमा लगभग ४३०० मेगावाटमा उत्पादित विद्युतमा लगभग ३५०० मेगावाट उत्पादन पु¥याएको छ । यस अर्थमा विद्युत उत्पादनमा निजी क्षेत्र सक्षम छ । नेपाल विद्युत प्राधिकरणसँग कनेक्शन एग्रिमेन्ट गर्दा आयोजनाको विद्युत गृहदेखि नेविप्राको सब-स्टेशनसम्म विभिन्न क्षमताका प्रसारण लाइनहरु निर्माण सम्पन्न गरेको छ भने नेविप्राको कन्ट्याक्टरले समयमा निर्माण गर्न नसकेको २२० केभीको तनहुँको मार्कीचोकदेखि चितवनको भरतपुरसम्म निजी क्षेत्रको नेतृत्वमा प्रशारण लाइन निर्माण सम्पन्न गरेको छ । यस अर्थमा निजी क्षेत्र प्रशारण लाइन बनाउनको लागि पनि सक्षम छ । हाल भारततर्फ १३२/३३ केभीका विभिन्न प्रशारण लाइनबाट ७०० मेगावाट र ढल्केबर-मुजफ्फरपुरबाट १ हजार २०० विद्युत निर्यात गर्न सकिन्छ भने सन् २०२७/२८ सम्ममा ढल्केबर-सीतामढी, न्यू बुटवल-गोरखपुर, इनरुवा-पूर्णिया र लम्की-बरेलीबाट थप ८ हजार ८०० मेगावाट विद्युत निर्यात गर्न सकिन्छ । यसको साथै रातमाटे-रसुवागढी-केरुङबाट चीन तर्फ २ हजार ५०० मेगावाट निर्यात हुने सम्भावना रहेको छ । यस अर्थमा योजनामा रहेका प्रशारण लाइनहरुलाई पनि विद्युत उत्पादनसँग जोड्न जरुरी छ । विद्युतै उत्पादन भएन भने यो लेभलमा हामीले निर्यात गर्न सक्दैनौं । नेपाल सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, निजी क्षेत्रबाट नेपाल सरकारको लक्ष्य पूरा गर्न सकिन्छ । हाल विद्युत उत्पादन लगभग ४ हजार ३०० मेगावाट रहेको छ र निर्माणमा लगभग ६ हजार २०० मेगावाट रहेको छ ।निर्माणधिन आयोजनाहरु निर्माण सम्पन्न हुनेमा दुई मत छैन । त्यो कुनै न कुनै लेभलमा छन्, ती सबै निर्माण सम्पन्न हुनेछन् । लगभग २ हजार २०० मेगावाट विद्युत वित्तीय व्यवस्थापनको चरणमा रहेका छन् भने लगभग १६ हजार १४० मेगावाटका पिपिएको लाइनमा रहेका छन् । यी विभिन्न चरणमा रहेका आयोजनाहरुलाई मात्र निर्माण सम्पन्न गर्न सकेमा नेपाल सरकारको लक्ष्य पूरा गर्न सकिन्छ । यस अर्थ विद्युत उत्पादनसँगसँगै खपत वृद्धि र निर्यात बजार सुनिश्चित गर्न अत्यावश्यक रहेको छ । नेपालका छिमेकी देशहरुमा निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराएका प्रशस्त उदाहरणहरु छन् । भारत यस क्षेत्रको सबैभन्दा स्पष्ट र विकसित निजी क्षेत्रको विद्युत व्यापार बजार हो । भारतमा ५०औं निजी कम्पनीहरुले विद्युत व्यापार गरिरहेका छन् । उल्लेखित नेपालको विद्युत उत्पादन, निर्माणधिन आयोजना, पिपिएको लाइनमा रहेका आयोजना, प्रशारण लाइन निर्माण, नेपालको खपत वृद्धिको अवस्था र निजी क्षेत्रको योगदानको मूल्याङ्कन गर्दा नेपालको निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अत्यन्त जरुरी भएको छ ।’
यसैबीच, राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेड र इप्पानबीच प्रशारण पूर्वाधार विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौताले निजी क्षेत्रको सहभागितामा प्रशारण लाइन निर्माणलाई गति दिने अपेक्षा गरिएको अध्यक्ष डाँगीले बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar