|  

म विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिन्छः  देउवा

३० श्रावण, काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन् ।

शनिबार काठमाडौंको चुनदेवीस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग उनले यसबारेमा आफूहरूले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएको बताए ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसबारेमा आफूले धेरै नबोल्ने उनले उल्लेख गरे । अदालतबाट आफूहरूले न्याय पाउने उनले विश्वास व्यक्त गरे ।

‘विशेष महाधिवेशनको पक्षमा म थिइनँ । हामीले मुद्दा दिएका छौँ, मुद्दा दिएको विषयमा धेरै बोल्नु हुँदैन,’ उनले भने, ‘मलाई विश्वास छ, सर्वोच्च अदालतले न्याय दिन्छ ।’