३० श्रावण, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) तथा सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक र सिर्जनात्मक रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।
महर्षि स्कुलले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै आफूलाई समयअनुकूल परिवर्तन गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए। “विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा परिवर्तनलाई स्वीकार गर्दै त्यसअनुसार आफूलाई अनुकूलन गर्न सक्ने क्षमता विकास गर्नु आवश्यक छ,” उनले भने। मन्त्री श्रेष्ठले प्रविधिको विकाससँगै युवामा देखिँदै गएको मानसिक स्वास्थ्यसम्बन्धी समस्याप्रति पनि गम्भीर हुनुपर्ने बताए। विशेषगरी १६ देखि २७ वर्ष उमेर समूहका युवामा मानसिक स्वास्थ्य समस्या बढिरहेको उल्लेख गर्दै उनले यसको समाधानका लागि खुला संवाद र सकारात्मक वातावरण आवश्यक रहेको धारणा राखे।
उनले युवालाई रचनात्मक गतिविधिमा सक्रिय गराउँदै आफ्ना समस्या र भावनाबारे खुलेर संवाद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। प्रविधिलाई केवल मनोरञ्जन वा निर्भरता बढाउने माध्यमका रूपमा नभई ज्ञान, सीप र सिर्जनशीलता अभिवृद्धिको साधनका रूपमा प्रयोग गर्न सके एआई र सूचना प्रविधिको क्रान्तिबाट ठूलो लाभ लिन सकिने उनको भनाइ थियो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar