|  

पत्रकारिता पक्ष-विपक्षमा होइन, निष्पक्ष हुनुपर्छ : देउवा

३० श्रावण, काठमाडाैं । नेपाली कांग्रेसका निर्वतमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारितालाई लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन्।

शनिबार महाराजगन्जस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाका लागि अपरिहार्य रहेको बताएका हुन् । उनले पत्रकारिता कुनै व्यक्ति वा राजनीतिक दलको पक्ष-विपक्षमा केन्द्रित हुन नहुने धारणा राखे। ‘मेरो पक्षमा छ, मेरा पक्षमा छैन भन्ने कुरा होइन नि। कसैको व्यक्तिगत पूजा होइन,’ उनले भने। प्रेसले समाचार सम्प्रेषण गर्दा निष्पक्षता कायम गर्नुपर्ने उल्लेख गर्दै देउवाले राम्रो वा नराम्रो कामबारे तथ्यका आधारमा मूल्यांकन गर्नु पत्रकारिताको दायित्व भएको बताए। उनका अनुसार लोकतन्त्र बलियो बनाउन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको भूमिका महत्वपूर्ण हुन्छ।