|  

सुवासनाले जितिन् भ्वाइस किड्स’ सिजन ५ को उपाधि

३१ श्रावण, काठमाडौं ।  ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि टिम वाङ्देन शेर्पाकी सुवासना खड्काले जितेकी छन् ।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा ८ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।उपाधिसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।

प्रतियोगिता हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको छ।