|  

ओलीको चेतावनी : पार्टीभित्र अराजक गतिविधि सह्य हुँदैन

३१ श्रावण,काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनविपरीत हुने गतिविधि स्वीकार्य नहुने बताएका छन्।

झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ अभियानलाई सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तन गर्न खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनले अध्यक्ष हटाउनुपर्ने धारणा भए पार्टीका सम्बन्धित कमिटीमा औपचारिक रूपमा कुरा राख्न सुझाव दिए।

पार्टीभित्रको विवाद सामाजिक सञ्जाल वा अनौपचारिक अभियानमार्फत नभई विधि र कमिटी प्रणालीअनुसार समाधान गर्नुपर्ने ओलीको भनाइ थियो।