|  

कांग्रेसको राष्ट्रिय सम्मेलनमा पूर्णबहादुर खड्का अनुपस्थित

३१ श्रावण, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी भएनन् ।

आज भएको समापन कार्यक्रममा निवर्तमान सभापति शेरबहादुर देउवा उपस्थित भएर सम्बोधन गरे पनि खड्का भने अनुपस्थित रहे । खड्का सहभागी नभएको उनको सचिवालयले पुष्टि गरे पनि अनुपस्थितिको कारण भने खुलाएको छैन । सम्मेलनको शुक्रबार आयोजित उद्घाटन समारोहमा भने खड्का सहभागी भएर आफ्नो धारणा राखेका थिए । शनिबारको बन्दसत्रमा पनि केही समय सहभागी भएर उनी बाहिरिएको एक पूर्वकेन्द्रीय सदस्यले जानकारी दिए ।

सम्मेलनले पाँचबुँदे निर्णय पारित गर्दै समापन भएको छ । बन्दसत्रमा प्रस्तुत विभिन्न प्रतिवेदनसमेत पारित गरिएको आयोजक पक्षले जनाएको छ।