|  

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

१ भदौ, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा  १ हजार ६ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा  ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।