०१ भदाै, काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा आइपरेका प्राकृतिक विपत्ति, बढ्दो महँगी र सुरक्षा चुनौतीका विषयमा सरकार गम्भीर नभएको भन्दै आलोचना गर्नुभएको छ ।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको र जनजीवनका आधारभुत समस्याप्रति उदासीन रहेको आरोप लगाउनुभएको हो । सांसद गैरेले गत साउन २७ गते रोल्पाको थवाङ गाउँपालिका–५ मा पहिरोका कारण दर्जनौँ व्यक्तिको मृत्यु र कैयौँ बेपत्ता भएको हृदयविदारक घटना स्मरण गर्दै पीडितले अझै राहत नपाएको बताइन् । उहाँले नवलपरासी पश्चिमको सुस्तामा नारायणी नदीका कारण भएको डुबानतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । काठमाडौं लगायत मुलुकभर बढ्दो महँगीले जनजीवन कष्टकर बनेको तर्फ इंगित गर्दै गैरेले बजारमा ग्यास, फलफूल, तरकारी र खाद्यान्नको मूल्य अत्यधिक बढेको बताइन् । उहाँले भन्नुभयो, ‘विपद्का बेला स्थानीय सरकारलाई स्रोत–साधनले सम्पन्न बनाएर परिचालन गरेको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो । भूकम्पपीडितले अझै राहत पाएका छैनन्, तर सरकार यस्ता गम्भीर विषयमा संवेदनशील देखिएन । विपद् परेका बेला गृहमन्त्री घटनास्थलमा पुगेर उद्धारमा खटिएको सुन्न पाइएन । बरु उहाँ अन्यत्रै गएर खानेपानीको कुरा गर्दै हिँड्नुभएको सुनिन्छ । जहाँ आपत् पर्छ, सरकार त्यहीँ उभिनुपर्ने हो । विद्यार्थी र डेरा गरी बस्नेहरूलाई बाँच्न गाह्रो भइसक्यो, तर सरकारको तर्फबाट प्रभावकारी बजार अनुगमन भएको छैन ।’
सांसद गैरेले पछिल्लो समय प्रविधिको प्रयोग गरी सर्वसाधारण लुटिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar