०१ भदाै, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपालले विद्युत उत्पादन, प्रसारण, वितरण र निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सबका अवसरमा सोमवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल विद्युत प्रशारण ग्रिड करिव ९८ प्रतिशत जनसंख्यामा पुगेको बताउनुभयो । प्रतिव्यक्ति विद्युत खपतसमेत अघिल्लो वर्षको तुलनामा बढेको उहाँले जानकारी दिनुभयो । उहाँले विद्युत प्रणालीको विस्तारसँगै सेवा गुणस्तर, विश्वसनीयता र आन्तरिक खपत बढाउन थप सुधार आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा नेपालमा विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ । त्यस्तै, निजी क्षेत्रसँग १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उत्पादन बढ्दै जाँदा विद्युत खेर जान नदिन आन्तरिक खपत वृद्धि र अन्तरदेशीय विद्युत व्यापारलाई समेत प्राथमिकता दिएको उहाँले बताउनुभयो । भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दै प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘लोडसेडिङका ती अस्तव्यस्त दिनहरू इतिहास भई आजको दिनमा विद्युत प्रसारण ग्रिड करिव ९८ प्रतिशत जनतामा पुगेको छ भने प्रति व्यक्ति विद्युत खपत समेत गत वर्षभन्दा बढेको छ । बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तिले बेला बखत विद्युत आपूर्तिमा गर्ने क्षणिक अवरोधलाई विद्युत पूर्वाधारको सुदृढीकरण र विस्तार मार्फत न्युनिकरण गर्दै विद्युत सेवाको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने र ग्राहक सेवामा सुधार ल्याउने रणनीतिका साथ प्राधिकरण अघि बढिरहेको छ । प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा देश भित्रै विद्युतको जडित उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ भने १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिदका लागि निजी क्षेत्रसँग पीपीए पनि भइसकेको छ । स्वदेश भित्रै विद्युत खपत वृद्धि गर्दै थप उत्पादनलाई स्पिल हुन नदिन भारत र बंगलादेशमा विद्युत निर्यात गर्ने सन्दर्भमा एनइएले गत आर्थिक वर्षमा विद्युत निर्यात बापत मात्र २९ अर्ब ३१ करोड आम्दानी गर्न सफल भएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्नका साथै विश्व बजारमा नेपाललाई खुद विद्युत निर्यात गर्ने देशको रूपमा चिनाएको छ । विभिन्न जलाशय, सौर्य र अर्ध जलाशय विद्युत आयोजनाहरूको प्रवर्धन, प्रसारण लाइनमा समेत निजी क्षेत्रलाई सहभागी गराउने नीति, उत्पादन प्रसारण र वितरणका प्रणालीको आधुनिकीकरण, गुणस्तरीय सेवा प्रतिको प्रतिबद्धता, जवाफदेहिता र सञ्चालन दक्षता अभिवृद्धिले एनइएलाई जनताको विश्वासिलो साथी बनाएको छ । यस घडीमा निजी क्षेत्रका उत्पादकहरूको योगदानलाई कदाचित नजरअन्दाज गर्न मिल्दैन । अब हामीले हासिल गरेका यी उपलब्धिहरूमा सन्तुष्ट भएर बस्नु हुँदैन । अझ विश्वसनीय गुणस्तरीय दिगो र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न, चुहावट थप घटाउन, देश भित्रै विद्युतको खपत बढाई आर्थिक र सामाजिक मूल्य सिर्जना गर्न अनि हरित ऊर्जाको युगमा देशलाई अग्रणी बनाउन हामी सबै एकजुट भई थप इमान्दार नवीनतम र आधुनिक प्रविधिसँग अभ्यस्त हुँदै संस्था र जनता प्रति अझ उत्तरदायी हुनै पर्दछ ।’
उहाँले प्राधिकरणको आगामी प्राथमिकता उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप विश्वसनीय र आधुनिक बनाउनु रहेको बताउनु भयो । जलाशय, सौर्य तथा अर्धजलाशययुक्त आयोजनाको प्रवर्धन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता, उत्पादन–प्रशारण–वितरण प्रणालीको आधुनिकीकरण र चुहावट नियन्त्रणलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले हालको उपलब्धिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको पनि बताउनुभयो । उहाँका अनुसार देशभित्रै विद्युत खपत बढाएर आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने, विद्युत चुहावट थप घटाउने र हरित ऊर्जाको युगमा नेपाललाई अग्रणी मुलुक बनाउनेतिर लाग्नुपर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar