|  

संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

०१ भदाै, काठमाडाैं । राष्ट्रिय सभाले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

सोमवार बसेको सभाको बैठकले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रश्ताव प्रश्तुत गर्नुभयो । मन्त्री चौधरीद्वारा प्रश्तुत प्रश्तावलाई सभाका अध्यक्षले निर्णयार्थ प्रश्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयक अब विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि जानेछ, जहाँ विधेयकका प्रावधानहरूमाथि विस्तृत अध्ययन र परिमार्जन गरिनेछ ।