०१ भदाै, काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताउनुभएको छ ।
सोमवार प्राधिकरणमा आयोजित मनसुन पुर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । नेपालमा यसवर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको उहाँले बताउनु भयो । नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ । भदौ १ सम्म आइपुग्दा मनसुन अवधि करिव एक महिना १४ दिन बाँकी रहेको छ । अब जोखिम व्यवस्थापनका लागि ‘काउन्टडाउन’मा जानुपर्ने अवस्था रहेको प्रमुख उप्रेतीले बताउनु भयो । उहाँका अनुसार यसवर्ष मनसुनको वर्षा देशभर समान रूपमा भएको छैन । मध्यपहाडी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मधेश क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक उद्धृत गर्दै प्रमुख उप्रेतीले नेपालमा वार्षिक औसत वर्षा करिव १ हजार ४ सय ७० मिलिमिटर हुनेमा भदौ १ सम्म करिव ८ सय २४ मिलिमिटर वर्षा भएको बताउनु भयो । यो कुल औसतको करिव ५५ प्रतिशत हो । तर वर्षाको समग्र परिमाणभन्दा यस वर्षको वितरण र प्रवृत्ति फरक देखिएको उहाँको भनाइ छ । पश्चिम नेपालमा आगामी तीन दिनमा भारी वर्षासम्म हुन सक्ने र तराई तथा मधेश क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना देखिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालले मनसुन भित्रिने दिन जुन महिनाको १३ तारिकलाई मानेको छ । अक्टोबरको २ तारिकलाई बाहिरिने मानेको छ । त्यो हुनाले अहिलेसम्मको लागि मनसुनको अवधि आज भदौको १ गते भएको हुनाले अब १ महिना १४ दिन मनसुनको अवधि बाँकी छ । १ महिना १४ दिन बाँकी छ, अब काउन्टडाउनमा जानुपर्ने किनभने प्रत्येक दिन मनसुन अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने हुन्छ । यसपालिको जुन एलनिनोको इम्प्याक्ट छ, समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ, त्यो परिवर्तनले गर्दाखेरि जलवाष्पयुक्त वायु जसरी चाहिँ नेपालमा एकदमै ठूलो जलवाष्पयुक्त वायु आयो भनेपछि त्यसले स्थानीय वायुसँग पनि त्यही खालको अन्तरक्रिया गर्छ । पानी पनि गत वर्षको जस्तो औषत भन्दा बढी परेको अवस्था छ । जल तथा मौसम विज्ञान विभागको आँकडालाई आधार मान्ने हो भने १४७० मिलिमिटर जतिको वर्षालाई औषत वर्षा यो वर्षभरिको देशभरिको वर्षा मानिन्छ, आजको मितिसम्म ८२४ मिलिमिटर वर्षा औषत वर्षा नेपालमा परेको छ, ओभरअलमा ५५ प्रतिशत वर्षा भएको छ । मध्यपहाडी क्षेत्रमा कुनै एकदमै आइसोलेटेड ठाउँमा कुनै एउटा भनौँ न भूभागमा खण्डवृष्टि धेरै भएको र त्यसले गर्दाखेरि मध्यपहाडी क्षेत्रमा ठूलो हानीनोक्सानी गरेको अवस्था छ भनेपछि मधेसमा हेर्ने हो भने यस वर्ष औषत भन्दा निकै कम वर्षा भएको अवस्था छ । आजभोलि र पर्सिको यो तीन दिनको सन्दर्भमा पनि पश्चिम नेपालमा अलिकता भारी वर्षासम्म हुने देखिन्छ, त्यो पनि मधेशमा पहिलो चोटी ठूलो वर्षा झर्दैछ । अन्य वर्षको तुलनामा यो वर्ष अब यसलाई चाहिँ हामीले एलनिनोसँग पनि जोड्न सक्छौँ । यसलाई चाहिँ हामीले यो हिन्द महासागरको जुन दुईवटा ध्रुवीय अवस्था छ, जसलाई चाहिँ आयोडी इन्डियन ओसन डाइपोल भन्छ, त्योसँग पनि जोड्न सकिन्छ । त्यो अहिले न्युट्रलको अवस्थामा छ, तटस्थको अवस्थामा छ । त्यो पोजेटिभ हुने भनेर पनि कतिपय मोडलहरूले देखाएको छ । पोजेटिभ भयो भनेपछि फेरि दशैँ तिहारतिर चाहिँ पानी पर्न सक्ने सम्भावना होला तर आजै चाहिँ त्यो भन्न मिल्दैन ।’
उहाँले यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनोको प्रभावसँग जोडेर हेर्न सकिने बताउनुभयो । साथै हिन्द महासागरको ‘इण्डियन ओसन डाइपोल’ (आईओडी) को अवस्थाले पनि वर्षाको प्रवृत्तिमा प्रभाव पार्नसक्ने उहाँले जानकारी दिनुभयो । हाल आईओडी तटस्थ अवस्थामा रहेपनि केही अन्तर्राष्ट्रिय मौसमी मोडलहरूले आगामी दिनमा यो सकारात्मक अवस्थामा जान सक्ने संकेत गरेको उहाँको भनाई छ । आईओडी सकारात्मक भएमा दशैं–तिहारको आसपाससमेत वर्षा हुन सक्ने सम्भावना रहने उहाँले जानकारी दिनुभयो । उहाँले मनसुनसम्बन्धी जानकारी दिन एकिकृत सुचना प्रणालीको विकास गर्न लागेको पनि बताउनु भयो । उहाँले स्थानिय तहमा डोजर प्रयोग गरेर अनावश्यक सडक खन्दा बर्षाको समयमा पहिरो जाने जोखिम बढेको देखिएको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar