|  

बिल अपलोड गर्ने उपभोक्तालाई १० लाखको बम्पर पुरस्कार

०१ भदाै, काठमाडाैं । साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरी बिल दर्ता गर्ने उपभोक्ता पुरस्कारका लागि छनोट भएका हुन्। पुरस्कार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले घोषणा गर्नुभयो।

विभागका अनुसार दोस्रो पाक्षिक अवधिमा ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि अपलोड भएका छन्। पहिलो १५ दिनमा भने यस्तो बिलको संख्या ७ हजार ७७ मात्र थियो।