०२ भदाै, काठमाडाैं । भारतको बिहार राज्यस्थित एक मन्दिरमा सोमवार बिहान भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
बिहारको राजधानी पटनाबाट करिब १२५ किलोमिटर दक्षिण-पूर्वमा पर्ने लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमले वरिष्ठ प्रहरी अधिकारी शिवम कुमारलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार, मन्दिर परिसरमा विद्युतीय तार चुँडिएपछि दर्शनार्थीहरूमाझ त्रास फैलिएको र सोही कारण भागदौड मच्चिएको थियो ।
मन्दिरमा पूजाअर्चनाका लागि ठूलो सङ्ख्यामा भक्तजनहरू भेला भएको समयमा सो घटना भएको हो । घटनालगत्तै स्थानीय सरकारी अधिकारी र प्रहरी टोली घटनास्थल पुगी उद्धार कार्य तथा भीड व्यवस्थापनमा जुटेका थिए । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar