०२ भदाै, काठमाडाैं । मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा मंगलवार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन् ।
प्रहरीकाअनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो जिप बिहान करिव ७ बजे अनियन्त्रित भई सडकबाट करिव ६० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडू, उनकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू, छोरी रिता बडू र चालक छुनिलाल चौधरी घाइते भएका छन् । घाइतेमध्ये लक्ष्मी बडूको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको प्रारम्भिक उपचार भीमफेदी अस्पतालमा गरिएको थियो । थप उपचारका लागि चालक चौधरी र रजिस्ट्रार बडूलाई हेटौंडा अस्पताल पठाइएको छ भने मुख्य न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ । मुख्य न्यायाधीश डाँगीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । अन्य घाइतेहरूको पनि टाउको र शरीरका विभिन्न अङ्गमा चोट लागेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीसहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाग्रस्त सवारी साधन घटनास्थलमै रहेको र हाल सडकमा यातायात सञ्चालन सुचारु रहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar