|  

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन् ।

अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ । फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघिसम्म यो खुला अन्तर्राष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो ।

ट्रम्पले केही दिनअघिदेखि नै यस जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने र नियन्त्रण कायम गर्ने विचार व्यक्त गर्दै आएका थिए भने इरानले उक्त मार्ग ‘इरानी नै रहने’ स्पष्ट पारिसकेको छ।