|  

देशभर मनसुनी वायुको प्रभावः पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

३ भदौ, काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

दिउँसो कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा-हिमपात हुनसक्नेछ ।

पहाडी तथा केही तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ भने कोशी र मधेसका केही स्थानमा हावाहुरी चल्नसक्ने सम्भावना रहेको छ । राति पनि हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहनेछ।